विप्लव नेकपा दैलेखले जलायाे माेदी र वलीकाे पुत्ला

नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका तिनवटा ठाउँमा नेपाली भुमि लिपुलेख माथि भारतीय साम्राज्यवादले गरेको अतिक्रमण विरुद् केन्दले घोषणा गरेको सघ्रसको कार्यक्रम अनुसार अाज भारतीय प्रधानमन्त्री नरेन्द मोदी र नेपालका प्रधानमन्त्री केपि आोलीको पुतला जलाएको छ ।

आठविस नगरपालिकामा भएको पुतला दोहन कार्यक्ररमा पार्टीका जिल्ला कमिटी सदस्य तथा अखिल क्रान्तिकारीका केन्दिय सदस्य कमरेड प्रकाश र अखिल क्रान्तिकारी दैलेखका अध्यक्ष कमरेड सुदर्शनको उपस्थिति थियो ।

जिल्लाको ठाटीकाँध गाउँपालिकामा जिल्ला कमिटी सदस्य कमरेड शँकेत र कमरेड प्रवित्राको नेतृत्वमा र नौमुले गाउपालिकामा कमरेड आदिमको नेतृत्वमा पुतला जलाउने कार्यक्रम भएको छ । भारतीय साम्राज्यवाद मुर्दावाद, लिपुलेख लिम्पियाधुरा हाम्रो हो, लिपुलेखमा सडक निर्माण कार्य वन्द गर भन्ने नारा सहित कार्यक्रम सम्पन भएको छ ।

You can share this post!