लकडाउनमा युनियन लाइफको भिडियो संवाद

काठमाडौं, कोरोनो भाइरस (कोभिड–१९) का कारण विश्वभर एक साथ लकडाउन (बन्दाबन्दी ) भैरहेको बेला युनियन लाइफ इन्सुरेन्स कम्पनिले भिडियो संवाद गरेको छ ।


४१ दिन लामो लकडाउन (बन्दाबन्दी ) का कारण नेपाली नागरिकको जनजिवन अस्तव्यस्त रहेको अवस्थामा युनियन लाइफ इन्सुरेन्सले आज मात्र भिडियो संवाद गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गरिएको लकडाउनमा आवागमन पूर्ण रुपमा बन्द रहेकोले सामाजिक सञ्जालको माध्यद्धारा कम्पनिका अफिसरहरु विच भिडियो संवाद गरिएको हो ।


युनियन लाइफ इन्सुरेन्सका सिइओ मनोज कुमार लाल कर्णको संयोजकत्वमा उक्त भिडियो संवाद भएको युनियन लाइफ का एजेन्सि मेनेजर हेमराज साउदले जानकारी दिएका छन । लकडाउनको असहज परिस्थितिमा पनि आफ्नो ग्राहकहरुको सम्वन्ध कसरी गतिशिल बनाइ राख्ने र कसरी मार्केटिङ गर्ने भन्ने विषयमा उक्त संवाद केन्द्रित रहेको पनि जानकारी दिए । साथै आजै दिउसो २ वजे देखि ४ वजे सम्म बिमा अभिकर्ताको लागि श्इइः ट्रेनिङ मार्केटिङ टिस प्रशिक्षण कार्यक्रम हुने उनले जानकारी दिए ।

संवादका केहि झलकहरू

You can share this post!