धरौटी बुझाएर छुट्नेवित्तिकै पक्राउ परे सुलभ अग्रवाल

१८ वैशाख, काठमाडौं । कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन पक्राउ परेका छन् ।

अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उनले बताए ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवालविरुद्धको मुद्धामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ  धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनी पुन: पक्राउ परेका हुन् ।

source onlinekhabar

You can share this post!