सेवाको नाममा उपभोक्ताबाट एकोहोरो रकम असुल्दै अनलाइन पोर्टलहरु

काठमाडौ – कोरोना भाईरस (कोभिड–१९) को कारण विश्व मानव समुदाय संकटको भुमरिमा रहेको अवस्थामा चौतर्फि रुपमा आम नागरिकहरु ठगिने क्रम बढ्दो छ । सरकारले गरेको राहत वितरणमा अनियमितता भएको र दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव सृजना गरि व्यावसायिक बिचौलियाहरुले मनग्य आम्दानी गरेको विषय अनेकौ समाचार आइरहेको बेला अनलाइन सेवा प्रदायक पोर्टलहरुले पनि सेवाको नाममा ठगी गर्न थालेको बुझिएको छ ।


विश्व नै एक गाउँ बनिरहेको आधुनिक जमानामा हरेका मान्छे समयको बेगसँगै रफ्तारमा कुदिरहेको छ सुख, सयल र सम्पन्नताको खातिर । आजको मानव पुस्ता यति सुविधाभोगी भैसक्यो कि खाना खान पनि मेसिनको आविष्कार गरिसक्यो । आधुनिक समाजको मागलाई सम्बोधन गर्न अहिले विश्वका कुनाकुनामा अनलाईन पोर्टलहरु सञ्चालित छन । प्रविधिको भरमग्दुर उपयोग गर्ने हाम्रो पुस्ताले अनलाईन पोर्टलबाट केहि राहत महसुस पक्कै गरेका छन । अझ यो विश्व महामारीको कष्टकर क्षणमा लकडाउनका कारण एकान्ताबासमा बसिरहेका व्यक्तिहरुलाई त यो वरदान नै सावित भएको छ ।


घरमै बसेर विभिन्न सेवाहरु अनलाईन पोर्टलबाटै उपभोग गरिरहेका नागरिकहरुलाई भने अनलाईन पोर्टल मध्यकै एक खल्ति अनलाईन पोर्टले सेवाको नाममा उपभोक्तालाई ठगी गरेको बुझिन आएको छ । मोबाइल बैंकिङ, बिल भुक्तानि र ब्यालेन्स ट्रान्सफर जस्ता अति अत्यावश्यक कामहरु घरमै बसेर गर्न सकिने हुँदा अधिकांशको रोजाईमा परेका छन पोर्टलहरु । यसै क्रममा सेवा उपभोग गरे वापत निश्चित रकम बोनस उपलब्ध गराउने अनलाईन पोर्टल खल्तिले ब्यालेन्स ट्रान्सफर गरेबापत पाउनु पर्ने बोनस रकममा उपभोक्तालाइ जानकारी गरे बेगर कटौति गरेको छ । विश्व नै लकडाउनमा भएको कारण समस्यामा परेका उपभोक्ताहरुलाइ सेवा सुविधामा छुट दिनुको साटो झन ठगी गर्ने कार्यले उक्त अनलाईन पोर्टल खल्तिको विश्वसनीयता माथि शंका उत्पन्न भएको एक खल्तिका नियमित उपभोक्ताले जनाएका छन । आफुले ट्रान्सफर गरेको रकम अनुसार तोकिएको बोनस नपाएको र पछि धेरै गुनासो गर्दा थपिएको पनि उनले जानकारी गराए ।


सेवाको नाममा यसरी समस्यामा परेका उपभोक्ताहरुलाई सहयोग गर्नुको साटो उपभोक्ताबाटै रकम असुल्ने काम कानुन र मानवीयताको हिसाबले गलत भएको भन्दै यस कार्यलाई दोहो¥याइराखे सरकारले सम्बन्धित व्यक्ति र संस्थालाई कानुनको दायरामा ल्याउनु पर्ने अर्का पिडित उपभोक्ताले जानकारी दिए ।

You can share this post!