अखिल क्रान्तिकारीका नेता खगेन्द्र राइलाई पृति शोक

अखिल क्रान्तिकारीका नेता खगेन्द्र राइलाई पृति शोक परेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) का क्याम्पस जिल्ला समिति, काठमाडौका अपाध्यक्ष खगेन्द्र राइका बुबा हस्तबहादुर राइको फोक्सोको समस्याका कारण हिजो काठमाडौ स्थित हेल्पिङ ह्यान्डस् हस्पिटलमा ८० बर्षको उमेरमा मृत्यु भएको छ ।


यस दुखद घडीमा मृतकको परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्दै उक्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समितिले एक प्रेस विज्ञप्ति जारी गरेको छ । संगठनका जिल्ला अध्यक्ष तारा संज्यालले विज्ञप्ति मार्फत आदरणिय बुबाले एकिकृत जनक्रान्तिमा गर्नु भएको त्याग, तपस्या र लगानीलाई उच्च सम्मान गर्दै बुबाको निधनले हामीमा शोकलाई शक्तिमा बदल्ने उर्जा मिल्ने छ र एकिकृत जनक्रान्तिको बाटोमा निरन्तर अगाडी बढ्ने प्रतिवद्धता सहित मृतक बुबालाई हार्दिक श्रदाञ्जली व्यक्त गरका छन ।

You can share this post!