अछाममा नेकपाले ग¥यो राहत वितरणको सुरुवात

अछाम – यतिखेर कोरोना भाईरस (कोभिड–१९) कारण विश्व महासंकटमा छ । चीनको वुहान प्रान्तबाट ३ महिना अगाडीबाट देखापरेको यस कोरोना भाइरसका कारण विश्वभर २ लाखको हाराहारीमा मानिसहरुको ज्यान गइसकेको छ भने करिब २८ लाखको हाराहारीमा संक्रमित पुगिसकेका छन । वर्तमान विश्वमा महासंकटको रुपमा फैलिरहेको यस भाइरसका कारण नेपाल पनि एक महिना लामो लकडाउनको चपेटामा छ । नेपालमा आजसम्ममा ४९ जनामा कोरोना संक्रमण देखिएकोमा १० जना निको भएर घर फर्किसकेका छन । तै पनि नेपाल कोरोनाको उच्च जोखिममा छ ।


१ महिना लामो लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गरि खाने मजदुरहरु तथा विपन्न नागरिकको अवस्था असाध्यै नाजुक भइरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी अछामले शहिद तथा राजबन्दी परिवारलाई राहत वितरण गर्न सुरुवात गरेको छ । जिल्ला भरि १५० जना भन्दा बढीलाई राहत वितरण गर्ने लक्षका साथ हिजो मात्र १३ जनालाई राहत वितरण गरिएको जिल्ला जनसरकार प्रमुख सौगातले बताएका छन । सरकारको राहत वितरण कार्य प्रचारमुखी र कार्यकर्ता पोस्ने मात्र भएको उहाँको आरोप छ । लकडाउन अर्थात बन्दाबन्दीको बेला मुल्यवृद्धि गर्ने जो कोहिलाइ पनि कडा कार्वाहीको माग गर्नुको साथै राहत वितरण कार्यक्रम अझ केहिदिन सम्म रहने कुराको जानकारी गरेका छन ।

You can share this post!