स्वास्थ्य वित्तपोषणलाई रोक्ने निर्णय अमेरिकाले फेरि पुनर्विचार गरोस् : डब्ल्यूएचओ

काठमाडौं – कोरोना भाइरस (कोभिड -१९) महामारी विरुद्धको लडाईमा अझै लामो यात्रा गर्न बांकी रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।

नियमित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोमले भनेका छन् ‘स्वास्थ्य एजेन्सीको वित्तपोषणलाई रोक्ने निर्णय अमेरिकाले फेरि पुनर्विचार गरोस् ।’ अमेरिकी सांसदहरुले राजीनामा मागेको सन्दर्भमा उनले मानिसहरुले जीवन बचाउन काम गरिरहने बताए ।

डब्ल्यूएचओ प्रमुख एडहानोमले कोरोना भाइरसको महामारी तत्काल नरोकिने संकेत गर्दै भनेका छन् ‘पश्चिमी यूरोपका केही देशमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको देखिए पनि अफ्रिका, मध्य अमेरिका, दक्षिण अमेरिका र पूर्वी यूरोपमा प्रकोप बढ्दै गएको छ ।’

गत सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर फैलिएको छ । अमेरिकासँग बिग्रिँदै गएको सम्बन्धका बारेमा उनले विश्व स्वास्थ्य संगठनसँग कुनै गोप्य कुरा नभएको र कोरोना भाइरसको सम्बन्धमा केही कुरा नलुकाइएको स्पष्ट पारे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि विश्व स्वास्थ्य संगठन चीनप्रति लचिलो भएको आरोप लगाउँदै उपलव्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्ने निर्णय गरेका थिए ।

source kathmandupati.com

You can share this post!