राज्यको शिक्षा निती कस्तो हुनुपर्छ ?

जीबन बिश्वकर्मा

शिक्षा कस्तो हुने शिक्षाले कसको सेवा गर्ने भन्ने सन्दर्भमा राज्यको स्प्रष्ट दृष्टिकोण चाहिन्छ सबैले समान शिक्षा पाउने ब्यबस्था राज्यले गर्नु पर्छ शिक्षामा रहदै आएको छ दुई खाले शिक्षा नितीको अन्त्य गरेर एउटै शिक्षा प्रणाली को स्थापनागर्नुपर्दछ गरिब किसान मजदुर मेहनतको जनताको बालबालिकाका लाई समान शिक्षा को सुनिश्चिता गरिपर्दछ ऐतिहासिक भौतिकवाद दृष्टिकोण अनुसार पाठ्यक्रम निर्माण गरिनुपर्छ बालबालिका को शिक्षा पाउने मौलिक अधिकार भएकोले शारिरीक श्रम र मानसिक श्रम बीचको बिभेद अन्त्य गरेर मात्र समानता कायम गरिने भएकाले त्यहीअनुसारको शिक्षानिती बनाउनु पर्छ सिद्धान्त र ब्यवहार दुबैमा प्रख्यात जनशक्ति उत्पादन गर्नुपर्दछ

शिक्षा सास्कृतिक र बैचारीक क्रान्तिको औजार भएकाले शिक्षा सम्बन्धी आम निती केन्द सरकारले नै बनाउनु पर्छ त्यसको कार्यान्वयन स्थानिय निकायले आआफ्नो विशिष्टता अनुसार गर्नु पर्दछ सबै आफ्नो मातृभाषा मा पढ्ने इच्छा भएका बालबालिका लाई बिश्वबिद्यालय सम्म् मातृभाषा मा पढ्ने ब्यबस्था गरिनु पर्छ सिकाई मनोबिज्ञान मा असर पर्ने गरी कुनै पनि भाषा लाई अनिबार्य गर्नु हुदैन श्रमजीवी जनताको सत्ता स्थापना लाई जाती भाषा भुगोल अर्थतन्त्र र मनोबैज्ञानिक बनावटि का आधारमा राज्य को पुनसंरचना गरिने भएकाले आधारभूत शिक्षा को जिम्मा स्थानिय स्वायत्त निकायलाई दिनु पर्छ उनिहरु ले केन्द ले तय गरेको शिक्षा निती स्थानिय भाषामा र स्थानिय बिशेषता अनुरुप कार्यान्वयन गर्नु पर्छ मातृभाषा मा शिक्षको ब्यबस्था गर्दा अन्धराष्ट्रवाद जाती तथा क्षेत्रीय अहंकारवाद अरु भाषाप्रति घृणा तथा बितृष्णा पैदा गर्ने पुजिबादी मान्यताको अन्त्य गर्नुपर्दछ मानबिय तथा सर्वहारावर्गको अन्तराष्ट्रिय वादको बिकास गर्नुपर्दछ

जबसम्म शिक्षा लाई उत्पादक शर्मासंग जोडन सकिदैन तबसम्म हाम्रो शिक्षा को वर्गीय स्वरुप पनि बदल्न सकिदैन त्यसैले शिक्षा उत्पादन र श्रम संग प्रत्यक्ष जोडिने जिबनोपयोगी तथा रोजगारमूलक हुनुपर्छ यसको लागि सिपमुलक ब्यबसायी शिक्षा र बहुसीपयुक्त पोलीटेक्नी शिक्षा मा बिशेष जोड गर्नुपर्छ शिक्षा लाई देशको औद्योगिकरण संग एकाकार गर्दै त्यही अनुसारको पाठ्यक्रमपाठ्यपुस्तक डिजाईन गर्नु पर्दछ हाम्रो जस्तो कृषि प्रधान र साना उधम ब्यबसाय को बाहुल्य रहेको अर्थतन्त्र मा उत्पादन संग जोडिएको सिपमुलक शिक्षा को मात्रै अर्थतन्त्र को तीब्र अग्रगामी रुपान्तरण मा सार्थक योगदान गर्न सक्दछ सिपमुलक शिक्षा प्रदान गर्दा भौगोलिक बिबिधता अनुरुप स्थानिय बिशेषता लाई ध्यान दिनुपर्छ क्षेत्रीय आबश्यक बमोजिम को उत्पादन श्रममा आधारित पाठ्यक्रम निर्माण गरिन्छ शिक्षा लाई ब्यवहारसंग जोडिनु पर्छ

माध्यामिक तहसम्मको बिधालय शिक्षा निशुल्क र अनिबार्य गरिनु पर्छ गरिब दलित महिला सिमान्तकृत बिपन्न बर्ग लाई पोसाक खाना आबासीय र शैक्षिक सामाग्री निशुल्क पाउने ब्यबस्था गरिनुपर्छ राज्यले आबासिय बालबालिका र बालसंरक्षण केन्द स्थापना गर्नुपर्दछ आशिक काम र आशिक समय अध्यायनको ब्यबस्था गर्ने गरी पाठ्यक्रम निर्माण गरिनुपर्छ हिमाली जिल्ला मा आवासिय बनाइनु पर्दछ बिश्वबिद्यालय शिक्षा पुरा गर्नुभन्दा पहिल्यै केहि बर्ष अनिबार्य राष्ट्रिय स्वयंसेवक सेबा अन्तगर्त गाउँगाउँमा गएर काम गर्ने ब्यबस्था गरिनु पर्छ जसले गर्दा शिक्षा जगत संग राम्ररी जोडिन सकोश साथै शिक्षा मा भएको निजीकरण र व्यापारीकरणको पुण अन्त्य गर्नु पर्दछ र हालका निजी बिधालय लाई तत्काल नियम अनुगमन र नियन्त्रण गर्दै क्रमश राष्ट्रियकरण गदै लैजानु पर्दछ

You can share this post!