नेकपा निकट युवा संगठन नेपाल कालिकोटले बैसाख ४ गते बाट कोरोना भाइरस महामारीको मौकामा गाउँगाउँमा, नगरपालिका र गाउँपालिकाले वितरण गरेको चामलमा विभेद भएको गुनासो आएपछि राहत वितरण गरेका ठाउँहरुमा पुगि बितरण गरेको लिष्ट संकलन गर्दा वास्तविक राहत दिनु पर्ने पिडितहरु छुटेको पाइएकोले उनीहरुलाई राहत वितरण गर्ने जनएको छ ।
साथै बाहिरबाट आएका व्यक्तिहरुलाइ क्वारेनटाइनमा राखि स्वास्थ्य जाँचको व्यवस्था मिलाउने भएको छ । यसका लागि प्रत्येक एरियाहरुमा सबै पदाधिकारीहरु खट्ने जिल्ल अध्यक्ष आत्मा क्षेत्रीले बताएका छन् । राहत चामल भित्रयाउने नाममा मदिरा र अन्य सुर्तिजन्य बस्तुहरुको ओसारपसार वडापालिकाको सिफारिसमा हुने गरेको सुचना आए पछि अभियान थाल्नु परेको अध्यक्ष आत्माले बताएका छन् ।