सिंहदरबारले नदेखेको सिमापारीकाे कारुणिक कथा

तुफान सिंह ‘कालिकोटे’

विश्व नै अहिले काेराेना महामारीको जाेखिमबाट क्षतबिक्षत छ । आजकाे मितिसम्म आउदा करिव लाख काे हाराहारीमा मानिसहरुकाे ज्यान गएकाे छ र लाखाै संक्रमित छन याे महामारीकाे पीडा एकातिर छ भने अर्कोतिर वेराेजागरी खाना औषधी बाँस लुगालत्ता जस्ता आधारभुत समस्या अहिले विश्वभरका जनताहरुले भाेगिरहेका दृष्टान्त हामी सजिलै देख्न सक्छाै । नेपाल जाे अहिले पनि विकासन्माेख देशकाे रुपमा चिनिन्छ, अझ यसाे भनाै विश्व बजारमा नेपाल श्रमिक उत्पादन गर्ने एउटा देश जहाँ बिकास राेजगारी भाेकमारी राेग ब्याधी सबै अभाव नै अभावबाट ग्रुज्रेकाे छ । अभावकाे एउटा हिस्सा राेजी र राेटीकाे लागि एक झिनाे सपना लियर प्रदेशी भुमिमा हानिन बाध्य हुन्छन नेपाली । साहुकाे चर्काे शाेषण अपमान तिरस्कारसंग साटिएकाे गाँस बाँस कपास फेर्ने त्यहि सपना अहिले महामारीकाे सबभन्दा ठुलाे चपेटामा परेकाे छ।महामारीले ती श्रमिकलाइ सडकमा ल्याइदिएकाे छ र लाखौं नेपालहरु अलपत्र अवस्थामा छन् ।


कोरोना भाइरस ले गर्दा रोजगारीको सिलसिलामा विश्वका विभिन्न देशहरुमा गएका नेपाली हरुको अबस्था बारे बर्तमान कम्युनिस्टहरूकाे सरकार बेखबर छ । नेपाल भारतकाे सिमानामा नेपाली नागरिकता छातिमा टासेर चिच्याइ रहेका नेपाली हुन वा विश्वका अन्य मुलुकमा श्रम पसिना वन पुगेका नेपाली , कथा उस्तै छ, ब्याथा झन कारुणिक छ एकछिन निधार खुम्चाएर साेचाै , कल्पना गराै त के हामि सम्झेर ती अवस्था हरुकाे सजिलै बयान गर्न सक्छाै ? सराेकारवाला निकाय रेमिटान्सले थेगियकाे राज्यकाे दुना दुरुपयोग गर्दै मस्त अनि ब्यस्त छ । यतिसम्म लाचार र निक्कमा कि अन्य मुलुकहरू ले धमाधम आफ्नो नागरिक हरुलाई विशेष विमान मार्फत नेपालमा घुम्न आएका सबैलाई आफ्नो आफ्नो देश लिएको सम्म देख्न किन सकेन राज्यले ? अनि कसरी देख्थो र खाडिमा ६०-६५% डिग्री मा आफ्नो ज्यान बाजि लगाउदै काम गर्ने ती लाखौ  नेपालीको बारे केहि त विशेष काम गर्न सक्नु पर्थो आसाकाे कुरा मै सिमित गर्न बाध्य छन अलपत्र नेपाली मनहरु ।

दु:खको कुरा त छिमेकी मुलुक भारतबाट नेपाल आएका हजारौं दाजुभाइ सिमाना मा भोकभोकै बस्नु परेको छ केही उद्दार भएन । भने अरु त देशहरु त कुरै नगरौं साउदी,कतार ,ओमन,दुबै,बराईन,कुबेत,मलेसिया ,जस्ता अन्य युरोप देश हरुमा पनि लाखौं नेपाली हरु अहिले प्रत्यक्ष मार मा परिरहेका छ्न जस्तै अष्ट्रेलिया ,जापान,अमेरिका,बेलायत ,देशहरुमा लाखौं नेपाली हरुको अबस्था बारे केही जानकारी छैन जानकार हुनुपर्ने निकाय सरकार अनि पराराष्ट्र मन्त्रालय हप्तामा सपना परे झै फाेन गरेर बुझेकाे रे अनि नेपाली मिडियाहरुले ठुलाे अक्षरले लेखिहाल्छन मन्त्री ज्युले नेपालीको अवस्था बारे जानकारी लिनु भयाे आखिर याे मजाक किन र के का लागि अनि कहिले सम्म ?

अहिले शासन सत्ता बाघडाेर दुई तिहाइ कम्युनिस्ट भनिएका हरुकाे हातमा छ, जनताले ठुलाे अपेक्षा सहित उनिहरुलाइ चुने र सत्ताकाे जिम्मेवारी दिए निकै दुखद र उदेकलाग्दो त तिनै मान्छेहरु नै सक्दो भ्रष्टाचार गर्न, कमिसन खान, लुट मच्चाउन तिर विशेष ध्यान दिएकाे देखिन्छ । याे महामारी लुट्नेलाइ जनताकाे पसिनाले हिसाब त गर्ला नै तर अहिले प्रत्येक देशका राजदुत मार्फत समन्धित देशको नेपालीहरुको वाय डाटा र अबस्थाबारे कम्युनिस्ट सरकार को ध्यान जान जरुरी छ । हजारौं नेपालीहरु हाम्रो सम्पर्क मा आउनु भएको छ जो टिकट रेडि भएको  तर नेपाल फर्कन समस्या भएको र केहिको पासपोर्ट को भिसा पनि सकिएको र हिडडुल गर्न पनि समस्या भएको बताई राखेका छ्न । खोइ यो बारे केही जानकारी गराएको समन्धित देशको राजदुत हरुले यस्तो अबस्था बारे ध्यानाकर्षण होस कि कोरोना बाट भन्दा भोकभोकै मर्नु पर्ने अबस्थाको सिर्जना नहोस् । वैदेशिक रोजगारको विकल्प स्वदेशमै रोजगारीको व्यवस्थापन गरौं। यो नेपाली श्रमिकहरुको अधिकार र राज्यको दायित्व हो। 

वैदेशिक रोजगारको नाममा भइरहेको  श्रम निर्यात बन्द गरौ। विदेशी दासत्वको अन्त्य गरौ। स्वतन्त्र, सुखी र स्वाभीमान नेपालीको अस्तित्व लाई सगरमाथाझै उच्च राख्न संसारमा झरिरहेका नेपाली श्रमजीवी युवाहरु नेपालमै केन्द्रीत गरौ। वैदेशिक रोजगारको इतिहासलाई हेर्ने हो भने यसको सुरुवात ठुला र विकसित मुलुकहरुबाट शुरु भएको पाईन्छ । नेपाली कामदारहरु वैदेशिक रोजगारमा संङलग्न भएको ऐतिहासिक पृष्ठभुमी भन्ने हो भने नेपालबाट अरनिको नेपाली कला संस्कृती अनुसारको संरचना निर्माणi गर्न चीन गएको समयलाई नै आधार मान्न सकिन्छ । त्यस पछिका समयलाई नियाल्दा, प्रथम बिश्व युद्ध, द्धितिय बिश्वयुद्धका समयमा नेपालीहरु गोर्खा सैनिकमा भर्ती भई रोजगारी गरेको इतिहास छ । वैदेशिक रोजगारको विकासक्रम त्यस पछि मात्र ऐतिहासिक र बिधिवत रुपमा सुरुवात भएको पाईन्छ ।

मातृभूमि छाडेर मासिक ३०-४०हजार पारिश्रमिकका लागि ज्यानको बाजी थापेर दैनिक बिदेसिने युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नेतर्फ पनि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नेतर्फ अब ढिला गर्नुहुदैन । कुनै पनि नितिगत योजना प्रतिफल केहि बर्षमै गुणात्मक रुपमा देखिने हुन्छ तर बढदो रुपमा दुई दशक सम्म पनि नेपाली यूवा हरुको श्रममा ठगी तस्करी लुट शोषण दलाली गरिहेको प्रति फल नेपालले के पायो। यो नेपाल र  नेपाली को हितमा छैन भन्ने पुष्टि भइसकेको छ। अहिले को अवस्थामा गुणात्मक विकास नभए सम्म विज्ञान प्रविधि अन्य ज्ञान अनुभव लाई विश्व भर छर्ने जनशक्ति उत्पादन बिकास जसले श्वास प्रविधिको दुनियाँमा सँग प्रविधिको प्रतिश्पर्धा सम्मको छलाङ देशले नमार्दा सम्मको वैदेशिक रोजगारी गुमाई फेराई नया नया दासत्व नै हो यो पुर्ण रुपमा बन्द गरिनु पर्दछ। सामान्य दैनिक उपभोग्य वस्तु र अाधारभुत अवश्यकता सम्म देशको उपादान ले धान्ननसक्ने अवस्थामा देशलाई पुर्याइएको परनिर्भर झन बढदै गएको ब्यापार घाटा ले नेपाली अर्थतन्त्रलाई ढामाडोल भनिएको ।

साथै देश मेरुदण्ड अर्थतन्त्र लाई मजबुत बनाउन समेत नेपाली युवा हरुले नेपाल मै श्रम गर्ने आवश्यक छ। थुप्रै संस्था र पार्टी का भात्री संगठन को नाम नेपाली मजदुर को हितमा काम गर्ने पहल भएता पनि नेपाली मजदुर को दिर्घकालिन मुक्तिको नेपालको अार्थिक सामाजिक हितको को लागि यूवा श्रम निर्यात रोक्नु पर्छ भन्ने बारेमा प्रयाप्त ध्यान नपुगेको बिध्यमान अवस्थामा  ‘स्वतन्त्र, सुखी र स्वाभीमान नेपालीको अस्तित्व लाई सगरमाथाझै उच्च राख्न संसारमा झरिरहेका नेपाली श्रमजीवी युवाहरु नेपालमै केन्दीत गरौ।’ नेपालको श्रोत र साधनहरुमा श्रमजीवीहरु अपनत्व कायम गरौ। दलाल तस्कर ठग भ्रष्टाचार महंगी कालो बजारी बिदेशी दलालहरु र सामाजिक  फासीवादी दलाल निरंकुश संसदीयब्यवस्थको अन्त्यको निम्ति सम्पुर्ण नेपाली श्रमजीवी यूवाहरु नेपालमै केन्द्रीत हौं।

You can share this post!