काठमाडौंमा फसेकालाई गाउँ जान दिइने, भोलि र पर्सि गाडीको व्यवस्था हुने

काठमाडौं: सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने भएको छ। लकडाउनका कारण धेरै नागरिक गाउँ जान पाएका छैनन्। गाडी नपाएपछि पैदल नै लामो यात्रामा गइरहेका बेला उच्चस्तरीय समन्वय समितिले बिहीवार गाउँ जान चाहनेलाई जान दिनेबारे छलफल अघि बढाएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले स्कर्टिङ गरेर उपत्यकाबाहिर जान दिनेबारे छलफल भइरहेको बताए। यसबारे आजै निर्णय हुने उनको भनाई छ। उनका अनुसार भोलि र पर्सि दुई दिनका लागि यो व्यवस्था गर्न लागिएको हो। 

‘लकडाउनका कारण काठमाडौं फसेका असहाय र अरु व्यक्तिलाई दुई दिन बेलुका स्कर्टिङसहित लकडाउन पालना हुनेगरी काठमाडौंबाट बाहिर पठाइदिने हो कि भनेर छलफल भइरहेको छ। बाहिर जाने व्यवस्था हुन्छ,’ मन्त्री नेम्वाङले भने।

pahilopost.com बाट

You can share this post!