नाकाबाट कोरोनाका बिरामी आउनसक्ने आशंकाले बीरगंजमा चिन्ता, मास्कको २ हजारसम्म पर्न थाल्यो

वीरगंज। भारतको विभिन्न राज्यमा पनि दुई दर्जनभन्दा बढी बिरामीहरूमा कोरोनाको पोजिटिभ सङ्क्रमण फेला परेपछि नेपालको मुख्य भन्सार नाका आर्थिक नगरी वीरगंजमा यसबारे त्रास फैलिएको छ।

सीमाक्षेत्र भएकाले भारतबाट बिरामी भित्रिने सम्भावना उच्च रहेको बेला वीरगंजमा अहिले नाक छोप्न लगाइने मास्कको हाहाकार भएको छ ।
वीरगंजको विभिन्न पसलदेखि लिएर सर्जिकल स्टोर्स र अस्पतालमा समेट मास्कको कृत्रिम अभाव सृजना गरेको सर्वसाधारणहरूको गुनासो छ ।

५  रुपैयाँ पर्ने सर्जिकल मास्क २५ रुपैयाँमा पनि किन्न गाह्रो भएको बताइएको छ। करिब ४ सय पर्ने ‘एन ९०’ र ‘एन९०’ पर्ने मास्कलाई २ हजारको हाराहारी तिर्नु परेको र त्यो पनि पाउन गाह्रो हुन थालेको  वीरगंज नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए ।

उनले बजारमा मात्रै नभई अस्पतालका लागि पनि खरिद गरी ल्याइने मास्कको अभाव भएको बताए ।उनले १० दिन अगाडि चीनबाट मास्क खरिद गर्ने एउटा एजेन्टहरूको टोली वीरगंज आएको र भारतबाट आयात गरी वीरगंजको विभिन्न स्थानमा भण्डारण गरी राखेको लाखौंको सङ्ख्यामा मास्कहरू खरिद गरि लगेको कारण वीरगंजमा अहिले मास्कको उच्च अभाव देखिएको दावी गरे।

उनले बजारमा देखिएको मास्कको अभावबाट नआँतित्न र कपडाको मास्क  सिलाएर पनि प्रयोग गर्न सकिने बताए।

मास्क नभएको अवस्थामा रूमालको अत्यधिक प्रयोग गर्ने, हाँच्छयु आउँदा रूमालको अथवा हातबाट मुख छोप्ने वा हातको कुहिनाको भागले नाक छोपेर खोख्दा मास्कको आवश्यकता नपर्ने र कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिने उनको सुझाव छ।  

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने, बाहिरबाट घर प्रवेश गर्दा साबुन पानी वा सेनेटाइजरले हात मुख धुनुपर्ने, भीडभाडको ठाउँमा नजाने, होली मिलन कार्यक्रम, सभा सम्मेलनलगायतको कार्यक्रमहरू बहिष्कार गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

चीनबाट कच्चा पदार्थ रोकिएपछि मास्कको चरम अभाव

सर्जिकल सामान आयात गर्ने वीरगंजका व्यवसायीहरुले मास्क र सेनिटाइजरको चरम अभाव हुनुको कारण चीनबाट कच्चा पदार्थ रोकिएर र भारतबाट माग गरिएको सामान पैठारी नभएर भएको तर्क गरेका छन् ।

पर्सा साइन्स ईम्पोरियमका सञ्चालक शशी श्रीवास्तवले चीनबाट मास्क बनाउने कच्चा पदार्थ नआएर अन्य देशले उत्पादन गर्न नसकेको र बिक्री गर्ने विदेशी सप्लार्यसले पनि आफनो देशमा आवश्यकता पर्छ भनी निर्यात नगर्नाले नेपाली आयातकर्ताहरुले मालसमान मगाउन नसकेका हुन् ।

Source: bizmandu .com

You can share this post!