१७ फागुन, काठमाडौं । सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे ।
त्यसका लागि उनले राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट लिए ।
मलेसियाविरुद्ध उनले लगातार २ विकेट लिएका लिए । खेलमा उनले ४ ओभरमा १ ओभर मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए।
सन्दीपले कुन प्रतियोगिता कति विकेट लिए ?
इन्डियन प्रिमियर लिग (आइपीएल) २०१८ ( ३ खेल ) – ५ विकेट
विश्व–११ वेस्ट इन्डिज विरुद्ध (१ खेल) : ०
क्यारेबिन प्रिमियर लिग २०१८ ( ५ खेल ) – ७ विकेट
अफगानिस्तान प्रिमियर लिग २०१८ (१ खेल) – २ विकेट
बिग बास लिग २०१८-१९ (८ खेल) – ११ विकेट
बंगलादेश प्रिमियर लिग २०१८/१९ (६ खेल) – ४ विकेट
पाकिस्तान सुपर लिग २०१९ (७ खेल) – ११ विकेट
आइपीएल २०१९ (६ खेल) – ८ विकेट
क्यारेबिन प्रिमियर लिग २०१९ (६ खेल) – ८ विकेट
बिग बास लिग (२०१९/२० (१३ खेल) – १५ विकेट
नेपाल राष्ट्रिय टिम : (१९औं खेल जारी) – ३० विकेट
Source: onlinekhabar.com