गाली बेइज्जती मुद्दा लिएर अदालत पुगे पूर्वमन्त्री बास्कोटा

१६ फागुन, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् ।

आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् ।

सञ्चारमन्त्री बास्कोटाले मिश्रले आफूलाई गाली बेइज्जती गरेको भन्दै उजुरी दिएका हुन् ।

अदालतमा उजुरी दर्ता भएपछि बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

बास्कोटाले मिश्रले भेटेर नाजायज प्रस्ताव राखेको पनि स्वीकार गरेका छन् । फरक परिस्थिति र सन्दर्भमा बोलेका कुरालाई प्रविधिको दुरुपयोग गरी बदनाम गर्न प्रयोग गरेको जिकिर गरेका छन् ।

हेर्नुस् बास्कोटाको फिरादपत्र

You can share this post!