द सनसाइन कलेजको वार्षिकोत्सव सम्पन्न

काठमाडौं, फागुन ११: द सनसाइन स्कुल सिटिजन इन्टिकेट कलेजका प्रिन्सिपल बाबुराम गौतमले पछिल्लो समय शिक्षा बोरोजगार उत्पादन गर्ने कारखाना भएको आरोप लागिरहेको बेला आफूअरुले त्यस कुरालाई मध्येनजर राख्दै वैज्ञानिक शिक्षाको सुरुवात गरेको बताएका छन् ।

प्रिन्सिपल गौतमले एक्काइसौं शताब्दि अनुसारको युग सुहाउँदो शिक्षा प्रदान गर्नको लागि विद्यार्थीलाई व्यवहारीक, वैज्ञानिक र नैतिक शिक्षा दिन आफूहरु अहोरात्र लागेको बताएका छन् ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् समाजसेवी विष्णुप्रसाद भण्डारीले नेपाल जल, जंगल र जडिबुटीको देश मात्रै नभएर थुप्रै सम्भावना भएको देश भएको बताएका छन् ।

कलेजको वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष भण्डारीले आजको युग वैज्ञानिक युग भएकोले अवको शिक्ष नैतिक शिक्षा तर्फ पनि सोच्न जरुरी भएको बताए ।

नैतिक शिक्षाको अभावले थुप्रै युवाले बृद्ध आमा बाबुलाई बृद्धाश्रममा राखेर आफू विदेशिने कार्यको बृद्धी भइरहेकोले त्यसलाई रोक्नका लागि युवालाई युवालाई नैतिकवान बनाउन आवश्यक रहेको बताए ।

उमेर हुँदासम्म आफ्नो रगत पसिना विदेशी भूमिमा बगाउने बृद्ध भएपछि स्वदेश फर्कने कुरालाई रोक्न रोजगारमुखी शिक्षाको आवश्यकता रहेको भण्डारीको भनाई रहेको थियो । बार्षिकोत्सवका अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

Sort by :-Report Nepal

You can share this post!