नेविको बिस्कुट उद्योगमा आगलागी

भैरहवा – रुपन्देहीको नेविको भैरहवा प्रालि (विस्कुट फेक्ट्री)मा आगलागी भएको छ। बिहान करिब साढे सात बजे लागेको आगलागीका कारण मेसिनहरुमा क्षति भएको छ। बिहान मेसिन स्टार्ट गर्ने क्रममा कर्नरमा रहेको मेसिनबाट इलेक्ट्रिक सर्ट भई आगलगी भएको उद्योगमा कार्यरत मजदुरहरु उदृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ।

प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार मजदुरहरुले नियमित संचालन गरिरहेको मेसिन चलाउदै गर्दा आगोलागी भएको हो। तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दमकल, ईलाका प्रहरी कार्यालय एवं स्थानियको सहयोग र प्रयासमा करिब ढेड घण्टा पछि बिहान ८ ः १५ बजे आगो नियन्त्रणमा आएको हो।

लाखौको मेसिनमा क्षति भएको अनुमान गरिएको छ, उद्योगमा मजदुर मात्र भएकोले के कति क्षति भएको भन्ने बारे विवरण आउन सकेको छैन। उद्योगका म्यानेजर दिउँसो मात्र उद्योगमा आएपछि यथार्थ क्षति विवरण आउने प्रहरीले जनाएको छ। आगालागीबाट मानवीय क्षति भने भएको छैन।  

Source: nagariknews.com

You can share this post!