अन्नप्राशनमा भबिष्य सुनिश्चित गर्न बिमा !

हिन्दु संस्कारमा अन्नप्राशनको महत्व र अनिबार्यता आफ्नै किसिमको हुन्छ। गाउँघरमा होस कि शहर बजारमा यसको गरिने बिधि एकै किसिमको भएता पनि यसलाई गरिने शैली र स्थान फरक हुने गर्दछ। यसै क्रममा बालक यशविरको अन्नप्राशन काठमाडौको अनुपम पर्टी प्यालेसमा सम्पन्न भएको छ। पुर्ण संस्कारिक तरिकाले सम्पन्न गरियको उक्त अन्नप्राशनमा बालकका बाबु आमाले भबिष्य सुनिश्चित गर्ने बिमा किस्ताको शुरुवात गरेको घोषणा गर्नुभयो।

सामाजिक कार्यमा अग्रसर ३७ बर्षिय पिता श्री हरि अधिकारी तथा माता श्रीमती अनु अधिकारीले आफ्नो पुत्रको रु. ४० लाखको बिमा यूनियन लाईफ ईन्स्योरेन्समा गरेर भबिष्य सुरक्षित गरिदिएको घोषणा गर्नुभयो। अन्य माता पिता हरुलाई पनि यसै गरि आफ्ना बाल बालिकाको भबिष्य सुरक्षित गर्न तथा यस्तै साँस्कारिक कार्यमा अलिकती अग्रसर रहेर यस किसिमको काम गरिदिदा कुनै थप आर्थिक भार नपर्ने तर ठुलै काम गर्न सकिने कुरा बताउनुभयो।

बालकका पिता श्री हरि अधिकारी लायन्स क्ल्ब अफ काठमाडौ लर्ड बुद्दका बर्तमान अध्यक्ष हुनुहुन्छ। उहाँले पनि यस्तै कार्य गरि नयाँ सोचका साथ कार्य गर्न तथा आफ्ना बाल बालिकाको भबिष्य सुरक्षित गरिदिन एक कदम बढाउन सबैमा आग्रह गर्नुभयो। कार्यक्रममा लायन्स क्ल्ब अफ काठमाडौ लर्ड बुद्दका सकृय क्ल्ब एडमिनिस्ट्रेटिभ तथा यूनियन लाईफ ईन्स्योरेन्सका एजेन्सी म्यानेजर श्री हेमराज साउँदले पनि सबैले यस्तै किसिमले भबिष्य सुरक्षित गर्ने कार्य शुरु गर्नुहुन आग्रह गर्दै बालकका माता पितालाई धन्यबाद प्रदान गर्नुभयो।

You can share this post!