प्रेस काउन्सिल नेपाल कर्मचारी संघको नयाँ कार्यसमिती चयन

माघ ११, प्रेस काउन्सिल नेपाल कर्मचारी संघमा सुरेन्द्र मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संघको मिति २०७६।१०।११ गते सम्पन्न अधिवेशनले उपाध्यक्षमा उपाध्यक्ष सविता ढकाल, महासचिवमा बिष्णु लम्साल,सचिवमा बिपुल पाण्डे,कोषाध्यक्षमा प्रेमचन्द्र बडु चयन भएका छन् । त्यस्तै संघको कार्यसमिति सदस्यमा बिनय बजगाई, मनोज मण्डल, गीता कठायत, देवी राना, प्रह्लाद बस्नेत, विशाल पौडेल सर्वसम्मत चयन भएका छन् । 

अनतर संस्थान कर्मचारी संगठन, पेशागत महासंघ लगायतका ट्रेड यूनियनका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न उक्त अधिबेशनमा पाल्नुभएका पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको थियो। साथै काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पनि नयाँ गठित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

You can share this post!