हृदयाघातबाट चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

३० मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो ।

स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लग्दै गदा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनको कारण हृदयाघात भएको बताइएको छ ।

भट्टराई तीन दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् । उनले दर्जनौ‌ं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराईले केही राम्रा कामको शुरुवातसमेत गरेका थिए ।

12.1KSHARES

You can share this post!