कांग्रेस केन्द्रिय समिति २६ मंसिरमा

काठमाडौँ — १४ मंसिरमा भएको उप निर्वाचन र समसामयीक राजनीतिका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २६ मंसिरमा केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने निश्चित एजेण्डामा नभई खुल्ला रुपमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘चुनावको समिक्षा, सांगठनिक संरचना, समसामयीक राजनीतिलगायत सबै विषयमा बैठकमा खुल्ला छलफल हुन्छ,’ प्रवक्ता शर्माले भने । बैठकमा तेस्रो जागरण अभियान, भ्रातृसस्था नेपाल विद्यार्थी संघको नेतृत्व चयन, म्याद गुज्रेका भ्रातृसस्थाको महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।

You can share this post!