प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा

मंसिर ४,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन्। तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ ।

आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही समस्याबाट ग्रस्त बनेका छन्। नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जना घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मृगौला जेठाजुलाई दिएकी थिइन्। उनका बुबालाई पनि यही बिमारीले सताएको छ ।तर, उनी आर्थिक सहयोगका लागि सरकार कहाँ नजाने पक्षमा छन् ।

Source: Janaastha Weekly

You can share this post!