नेपालमा लगानी गर्ने विदेशी कम्पनीले लगे २७ अर्ब रुपैयाँ लाभांस

काठमाडौं। नेपालमा सञ्चालनमा रहेका २६ विदेशी साझेदारका कम्पनीले गत बर्षको नाफाबाट आकर्षक लाभांस लगेका छन्। अझै केही कम्पनीले लाभांस लैजान बाँकी नै छ। कम्पनीहरुले चार लाख ७५ हजार रुपैयाँदेखि १२ अर्ब ५४ करोड रुपैयाँसम्म एकै बर्षमा लगेका छन्। 

‘नियमसंमत चलेका कम्पनीहरुले गरेको नाफा लैजान कुनै समस्या छैन। सबैले सहजै लगिरहेका छन्’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बिजमाण्डूसँग भने, ‘नेपालबाट आकर्षक लाभांस लैजानुले यहाँ काम गर्ने राम्रो वातावरण छ भन्ने बुझिन्छ।’उनले नेपाल राम्रो नाफा आर्जन गर्न सकिने आकर्षक गन्तब्य भएकोसमेत बताए। 

२६ कम्पनीले २७ अर्ब ७८ करोड २९ लाख ९४ हजार ९७० रुपैयाँ लाभांस लगेका छन्।

गत बर्षको नाफाबाट सबैभन्दा धेरै एनसेल प्रालिले लाभांस लगेको छ। कम्पनीको ८० प्रतिशत साझेदार रहेको वेष्ट इन्डिजको रेनोल्ड होल्डिङले एकै बर्ष १२ अर्ब ५ करोड रुपैयाँ लाभांस लगेको हो।

सूर्य नेपालले अन्तरिम र पूर्ण गरेर दुई पटक लाभांस लगेको छ। कम्पनीका विदेशमा दुई वटा साझेदार छन्। ब्रिटिस अमेरिका टोबाको (इन्भेष्टमेन्ट) र आइटिसी लिमिटेड इण्डियाले दुई पटक लाभांस लगेका छन्।

पावर ट्रान्समिसन कम्पनी नेपालले पनि दुई पटक लाभांस लगेको छ। सबैभन्दा कम लाभांस निस्साकु कम्पनी जापानले लगेको छ। कम्पनीले पौने पाँच लाख रुपैयाँ लगेको छ। बुटवल पावर कम्पनीले दुई पटक लाभांस लगेको छ। कम्पनीको विदेशी साझेदार आइकेएन नर्वेले एक करोड ३३ लाख रुपैयाँ लाभांस लगेको छ।

कम्पनीहरुले नाफाबाट प्रतिफल छुट्याएपछि आवश्यक प्रकृया पुरा गरेर सजिलै लैजान पाउँछन्। नेपाली रुपैयाँबाट डलरमा राष्ट्र बैंकले सटही सुविधा उपलब्ध गराउँछ। बैंकिङ प्रणालीमार्फत लाभांस विदेशी खातामा भुक्तानी हुन्छ।

नेपाली कम्पनी लाभांस लैजाने विदेशी साझेदार कम्पनी विदेश लगेको लाभांस नेपाली कम्पनी लाभांस लैजाने विदेशी साझेदार कम्पनी विदेश लगेको लाभांस
पावर ट्रान्समिसन कम्पनी नेपाल पावर ग्रिड कर्पोरेसन इण्डिया 29880000 केएनपी जापान कन्साइ नेरोल्याक इण्डिया 29393000
वुटवल पावर कम्पनी आइकेएन नर्वे 7008220 वरुण वेभरेज वरुण वेभरेज इण्डिया 292410000
सुर्य नेपाल ब्रिटिस अमेरिका टोब्बाको 28728000 इक्रा नेपाल इक्रा इण्डिया 2040000
सुर्य नेपाल आइटिसी इण्डिया 847476000 एनएमबी बैंक एफएमओ नेदरल्यान्ड 359599300.2
एनसेल रेनोल्ड होल्डिङ वेष्ट इन्डिज 12540000000 गोर्खा लहरी प्रालि एकोलेड सर्भिस सिंगापुर 16919851
सुर्य नेपाल ब्रिटिस अमेरिका टोब्बाको 144789120 स्ट्यान्डर्ड चार्टर्ड बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक बेलायत 935131645.2
सुर्य नेपाल आइटिसी इण्डिया 4271279040 नेपाल एसबिआइ बैंक स्टेट बैंक अफ इण्डिया 442579789.4
हिमाल पावर स्टाटक्राफ्ट होल्डिड् सिङ्गापुर 2691302747 निर्धन उत्थान लघुवित्त वित्तीय संस्था आइएफसी अमेरिका 10719856.49
नेपाल बंगलादेश बैंक आइसिएफसी बैंक 88629650.56 मंगलम इन्ड्रष्ट्रिज सेभोयर फेयर म्यानुफ्याक्चरिङ इण्डिया 7010972.55
एसियन पेन्ट्स नेपाल एसियन पेन्ट्स इण्डिया 108205807 निस्साकु कम्पनी नेपाल निस्साकु जापान 475000
मनिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप मनिपाल एजुकेशन मोरिसस र इण्डिया 347662000 नेपाल बंगलादेश बैंक आइएफआइसी बंगलादेश 330804531
स्टोर्म कम्युनिकेशन स्टोर्म कम्युनिकेशन इण्डिया 8550000 जगदम्बा इन्टरप्राइजेज कम्पेर फाइनान्स एण्ड सेक्युरिटिज इण्डिया 38760000
गोर्खा ब्रुअरी कार्ल्सवर्ग साउथ एसिया सिंगापुर 3827595600 अर्घाखाँची सिमेन्ट उमा सिमेन्ट इण्डिया 167172687.5
पावर ट्रान्समिसन कम्पनी नेपाल पावर ग्रिड कर्पोरेसन इण्डिया 27702000 वेव सर्चज प्रोफेसनल फेयर इन्टरप्राइज स्विडेन 1732800
जिटिएल नेपाल जिटिएल सिंगापुर 161729944 वुटवल पावर कम्पनी आइकेएन नर्वे 6307408
फायर एण्ड आइस  प्रालि अन्न मारिया इटाली 11400000      

टुवोर्ग, कार्ल्सवर्गजस्ता बियर उत्पादक कम्पनी गोर्खा ब्रअरीले पनि राम्रो लाभांस लगेको छ। कम्पनीको विदेशी साझेदार कार्ल्सवर्ग साउथ एसिया सिङ्गापुरले ३ अर्ब ८२ करोड ७५ लाख ५६ हजार रुपैयाँ लाभांस लगेको हो।

नबिल, डाबर नेपाल, युनिलिभर र कोकाकोलाजस्ता कम्पनीले लाभांस लगिनसकेको राष्ट्र बैंकले जनाएको छ। यद्यपी यी कम्पनीहरुले साधारणसभा सकेर लाभांस पारित गरिसकेका छन्।

नेपाली कम्पनीहरुको क्रेडिट रेटिङ गर्ने इक्रा नेपालको भारतीय साझेदार इक्रा इण्डियाले २० लाख ४० हजार रुपैयाँ लाभांस लगेको छ। अर्घाखाँची सिमेन्टको साझेदार उमा सिमेन्ट ग्लोबल इण्डियाले १६ करोड ७१ लाख ७२ हजार रुपैयाँ लाभांस लगेको छ। एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआइ, निर्धन उत्थान लघुवित्त, नेपाल बंगलादेश बैंकका विदेशी साझेदारले समेत लाभांस लगेका छन्।   हिमाल पावर, एसियन पेन्ट्स, मनिपाल एजुकेशन, जिटिएल नेपाल, फायर एण्ड आइस र वरुण वेभरेजमा लगानी गरेका कम्पनीहरुले पनि आकर्षक प्रतिफल लगेका छन्। प्रतिफल लैजानेमा भारतीय र सिंगापुरका कम्पनीहरु बढि छन्। source:bizmandu.com

You can share this post!