भरियो इन्द्रसरोवर : बाँध खोलिँदै, सम्भावित बाढीले तटीय क्षेत्रमा सतर्कता

असार ३०, २०७६ हेटौंडाः नेपालकै ठुलो मानवनिर्मित इन्द्रसरोवर जलशायमा क्षमता भन्दा धेरै पानी भरिएको छ। पानी धेरै भएपछि सोमबार विहान ८ बजेबाट नियन्त्रितरुपमा ड्यामको ढोका खोल्ने तयारी भएको छ।   कुलेखानीमा क्षमता भन्दा बढी पानी भरीएकोले त्यहाँबाट बग्ने पानीले चार जिल्लामा खोला आसपासका जिल्लामा बाढीको खतरा हुने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ।  ड्यामको ढोका खोल्दा मकवानपुरको भीमफेदी गाउँपालिकाको केही क्षेत्र, इन्द्रसरोवर गाउँपालिकाका केही क्षेत्र, बागमती गाउँपालिका, सर्लाही लगायतका जिल्लामा प्रभाव पर्ने प्रमुख जिल्ला अधिकारी तामाङले बताएका छन्।   कुलेखानीको क्षमता कुल १५ सय ३० मिटर रहेको छ। बिहान ६ बजे सम्ममा १५ सय २५ दशमलब ४ मिटर पानी भरिएको छ। प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेकाले इन्द्रसरोवरको ड्याममा खतराको संकेत देखिएकाले पानी बाहिर निकाल्नुपरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।   अहिले ८ बजेटबाट धेरै भएको पानीलाई प्राबिधिकले बाहिर निकाल्न लागेका हुन्। नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको उपस्थितिमा कुलेखानीको पानी निकाल्न लागिएको हो।  एक सय १४ मिटर उचाईमा कुलेखानीको ड्याम रहेको छ। ३ सय मिटर चौडाईको ड्याम ७ किलोमिटर लामो छ। १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता ड्याम ३७ वर्षअघि निर्माण गरिएको हो।  जलाशयको कुलेखानी प्रथमवाट ६० र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगाबाट विद्युत् उत्पादन हुँदै आएको छ। यही जलाशयको पानीबाट निर्माणाधीन कुलेखानी तेस्रोबाट १४ मेगावाट उत्पादन हुन्छ। source: thahakhabar.com

You can share this post!