झलनाथ खनालको सरकारलाई सुझाव: पत्रकारको हितमा काम गर

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । 

वरिष्ठ नेता खनालले सूचना प्रविधिको क्षेत्रमा सुधार ल्याउन चीन र भारत दुवै छिमेकी मुलुकसँग आवश्यक छलफल गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । बिहीबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको ‘दोसो अन्तराष्ट्रिय प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’को उद्घाटन गर्दै उनले सूचना र प्रविधिको क्षेत्रको विकास गरेर मात्रै मुलुकको समृद्धि हुने भएकाले त्यसको विकासमा सरकार केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे ।

वरिष्ठ नेता खनालले सूचना र प्रविधिको विकास गर्दा मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउने विषयमा पनि सरकारले ख्याल गर्नुपर्ने जरुरी रहेको पनि बताए । सूचना र प्रविधिको क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्र्याउने उद्देश्यका साथ सो एक्स्पो आयोजना गरिएको नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिए ।

एक्स्पोमा नेपालको लोकतान्त्रिक आन्दोलनका झलकहरु समावेश गरिएको फोटो, नेपालको प्राकृतिक तथा सांस्कृतिक रुपले मनोरम दृष्यहरुलाई कैद गरिएका फोटोहरुलाई मुख्य आकर्षणको रुपमा राखिएको छ ।

नेपाल मुद्रण उद्योग महासंघको समेत सहभागितामा आयोजना गरिएको ३ दिने एक्स्पोमा प्रिन्टिङसम्बन्धि सामग्रीहरु, फोटो र फोटाग्राफीका लागि आवश्यक नयाँ–नयाँ प्रविधिहरु पनि राखिएका छन् ।

Sort by:- ratopati.com

You can share this post!