खाडिमुलुकको बैकल्पिक गन्तब्य अब जापान

चैत्र ११ काठमाडाैं :   लामो समयदेखि खाडी र मलेसियाको वैकल्पिक गन्तब्य खोजिरहेको नेपाली कामदारका लागि अब नांया गन्तब्य सुरू हुने भएको छ । नेपाल र जापानबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ –(एमओसी)मा आज सोमबार हस्तक्षर हुने भएको छ ।

समझदारि प्रक्रिया पुरा भएपछि जापानले अप्रिल महिनाबाटै कामदार लैजाने प्रक्रिया सुरु हुनेछ । यसको लागि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको सुरु गरिने छ ।

 कामदारलार्इ जापान पठाउन श्रम मन्त्रालय अन्तर्गत छुट्टै इकाई खडा हुनेछ ।कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर जापानमा दुबै देश सहमत भएका छन् । कामको लागि समझदारीको पारित मस्यौदाअनुरुप अब जापानिज भाषा बोल्न र लेख्न सक्ने -जेएलपीटीको चौंथो स्तर पास गर्नुपर्ने छ ।

दुबै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा टुंगोमा पुगेका हुन् । नेपाल र जापान सरकारले र्इपिएस प्रक्रिया जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था रहेको छ।

You can share this post!