पेट्राेलियम बाेकेकाे ट्यांकर, फलफूल र तरकारीमा रोकावट

चैत्र ७, काठमाडाैं : दुर्इदिनदेखि भारतबाट नेपाल भत्रिने पेट्राेलियम बाेकेकाे ट्यांकर, फलफूल र तरकारीमा रोकावट गरेको छ । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ ।

फलफूल र तरकारी बोकेका ट्रक दुई दर्जन बढी रहेको छ ।  फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भने अनलाइन सेवा सञ्चालन नभएसम्म नेपाल आउने सम्भावना भने अलि कम छ ।

भारतले भन्सारमा अनलाइन प्रविधि लागु गरेको भएकाले सर्भरमा केहि समस्या हुन सक्ने बतार्इएको छ । भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेसंगै थप अरू विभिन्न समस्या देखाउदै अएको छ ।

You can share this post!