चालु आर्थिक वर्ष ७ महिनाको शेयर बजार, कति गुमायत लगानिकर्ताले

चैत्र ३, काठमाण्डौ ः गत बर्ष सेयर कारोबार मापक नेप्से परिसूचक २ सय ५२ अंकले घटेको छ । २०७५ असार मसान्तमा नेप्से सूचकांक १२१२.४ बिन्दु कायम भएको थियो ।

भने २०७४ माघ मसान्तमा १ हजार ३ सय ८०.३ बिन्दु रहेको नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १८.३ प्रतिशतले ह्रास आई २०७५ माघ मसान्तमा ११२८.२ बिन्दुमा पुगेको छ ।

गत आर्थिक वर्ष ०७४/७५ को ७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १४ अर्ब १७ करोड रुपैयाँ कायम रहेको बजार चालु आर्थिक वर्षको ७ महिनासम्म आइपुग्दा लगानीकर्ताहरुको २ खर्ब ३७ अर्ब रुपैयाँ गुम्दा बजारको पुँजीकरण १३ खर्ब ७७ अर्ब १५ करोड रुपैयाँमा आइपुगेको छ ।

समीक्षा अवधिको बजार पुँजीकरणको अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६२.१ प्रतिशत रहेको थियो ।

You can share this post!