धनगढीमा अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद सुरु , सातै प्रदेशबाट सहभागि

  फागुन २९, काठमाण्डौ ः आजदेखि धनगढीमा अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता आज सुरु भएको छ ।  

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा क्रिकेट र फुटवलका खेल सुरु भएको छ । क्रिकेट धनगढीस्थित फाप्ला मैदानमा हुने छ भने फुटवलका क्षेत्रिय रंगशालामा हुने छ ।

प्रतियोगितामा सातै प्रदेशबाट ५ सय ४६ जना खेलाडीले भाग लिँदै छन् । प्रतियोगिताको उद्घाटन भने चैत १ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गर्ने कार्यक्रम छ । 

You can share this post!