टीकापुर घटनामा सांसद रेशमलाल चौधरीलार्इ जन्मकैद

लगभग घटनाको साढे तिन बर्षपछि जिल्ला अदालत कैलालीले घटनामा सांसद  रेशमलाल चौधरी दोषी रहेको फैसला सुनाएको छ । रेशमलाल चौधरी सहित अरू १० जना दोषीलार्इ पनि जन्मैकदको फैसला सुनाइएको छ ।  

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन २०७२ भदौ ७ गते टीकापुरमा भएको थियो । उक्त आन्दोलनको झडपमा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।

घटनाको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरिएको थियो ।

You can share this post!