धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

माघ २९ : धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।ड्रिम फाप्ला क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा धनगढी स्टार्सले सीवाईसी अत्तरियासँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहान ९ बजे सुरु भएको खेलमा दुवै टिम जित्ने लक्ष्यमा रहेका छन् । दोसो खेल भने दिउँसो एक बजे सुरु हुनेछ ।


धनगढीले आफ्नो उद्घाटन खेलमा काठमाडौं गोल्डेन्ससँग चार विकेटको हार व्यहोरेको थियो । यो धनगढीको लागि दोस्रो खेल हो, भने अत्तरियाको लागि पहिलो खेल हो ।विराटनगरको यो पहिलो खेल हो भने रुपन्देहीको यो दोस्रो खेल हो । पहिलो खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गर्दै सुखद् सुरुवात गरेको थियो ।

You can share this post!