अनिश्चितकालिन बन्द घोषणा , जनजिबन प्रभावित

१५ माघ ः आजदेखि अनिश्चिितकालिन बन्द घोषण गरेपछि महेन्द्रनगरको जनजिवन कष्टकर बनेको छ । विहानदेखि नै यातायात सेवा अवरुद्ध बनेको छ । सार्वजनिक तथा निजी सवारी साधन ठाउँको ठाउँमा रोकिएका छन्।


महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राख्दै कञ्चनपुरमा युवा नेताहरुले आजदेखि अनिश्चितकालीन बन्द घोषणा गरेका छन । युवा विद्यार्थी संगठन अवैध लिज बिरुद्ध आन्दोलनमा उत्रिएका हुन ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवैध संरचना हटाउन भनेपनि अहिलेसम्म कुनैपनि पहल जारि नभएका कारण युवा नेताहरुले अनिश्चितकालीन बन्दको घोषणा गरेका छन ।

You can share this post!