कठमाण्डौमा पनि मनाईयो माघे संक्रान्ति

माघ २ , काठमाण्डौ ः मकर संक्रान्ति, माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ। माघेरमकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ ।
यसैको अबसर पारेर हिजो काठ्माण्डौको टुटिखेलमा विभिन्न ठांउबाट छरिएर रहेका मानिसहरु भेला भई माघि पर्ब हौसलापुर्ण रुपले मनाईएको छ । टुडिखेलमा भएको कार्यक्रममा थुप्रै ब्यक्तिले आपनो भनाईहरु राखेका थिय भने टेन्ट लाएर विभिन्न परिकारका खानेकुराहरु प्नि पाकिरहेका थिय ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । यस पर्वलाई थारु र मगर समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

You can share this post!