सुदुरपश्मि थारू बस्तीमा माघीको चहलपहल

२९ पुस ः माघी पर्व नै थारू समुदायको मुख्य पर्व हो । थारूहरुको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्ती माघी पर्वको तयारीले रौनक छाएको छ । थारू युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार पार्न व्यस्त छन् । नयाँ वर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल शुरु भइसकेको छ ।

थारु पुरुष माघीका लागि मासुको जोहो गर्न माछा मार्ने बङ्गुर काटनका लागि तिनको जोहो गर्दैछन् भने महिलाहरू दुना, टपरी बनाउन व्यस्त छन् । “माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्ने गर्छन त्यहांका मानिसहरु । थारु समुदायमा माघि पर्वको लागि एक महिना अघिदेखी नै तयारी गर्ने गर्छन । एक महीनाअघिदेखि नै माघीको तयारी गर्ने उक्त समुदायमा अनदी चामलको गुलियो जाँड, रक्सी बनाउनाका साथै दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने गरिन्छ ।

पुसको अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुरानो वर्षलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्न रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवाहरु बताउँछन् । यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षासमेत गर्ने गर्छन् ।

माघीमा मिठा खानेकुरा खाने र नाचगान गरी रमाउने चलन छ । “माघी पर्वसँगै थारू समुदायमा विधिवत रूपमा विवाह, अंशवण्डालगायत कार्यको थालनी हुन्छ” यस दिन बालबालिकादेखि वृद्धवृद्धासम्म आपसी विवाद त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिक्री, मासु, तरुललगायत परिकार खाने– खुवाउने र नाचगान गरी रमाउँछन् ।

माघी पर्व नै थारू समुदायको मुख्य पर्व भएकाले यसलाई तामझामका साथ मनाउने गरिन्छ । विदेशमा कमाउन गएका थारू युवा पनि माघी मनाउन घर फर्किएका छन् । सबैतिर माघीको तयारी चलिरहेको छ ।

You can share this post!