विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

२७ पुस ः हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । 

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो । 

विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको छ । सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ ।

You can share this post!