हिमपातसंगै जनजिवन कष्टकर

कठ्माण्डौ, २५ पुस ःबढेको चिसो संगै कतिपय जिल्लामा अत्यधिक हिमपात भएको छ ।
हुम्लाको सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । जहांको जनजीवन हिमपातपछि प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।

हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ भने सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन ।

You can share this post!