आफुले गर्ने ब्यबसाय धितो राखि ऋण लिन मिल्ने


पुस  २४ काठ्माण्डौ : खास गरि महिलालाई मध्यनजर राखि महिलाहरुलाई नै  उद्यमशिलता बनाउन भन्दै सरकारले सहुलियत व्याजको महिला उद्यमशिलता कर्जा ल्याएको छ। अब १५ लाख रुपैयाँसम्म ऋण पाइने यस्तो कर्जा छ जसको ६ प्रतिशत व्याज सरकारले नै तिरिदिने निर्णय गरेको छ ।

यस्तो ऋणको लागि आफुले गर्न लागेको ब्यबसाय नै धितो राखि ऋण लिन सकिनछ । ऋण लिदा  भने आधार ब्याजदरलाई ध्यान दिनुपर्ने हुन्छ । सस्तो आधार व्याजदर भएको बैंकबाट यस्तो ऋण लिँदा जम्मा २.३३ प्रतिशत मात्रै पर्न आउँछ।

बैंकको आधार व्याजदरमा बढीमा २ प्रतिशत जोडी त्यसमा ६ प्रतिशत अनुदान व्याज घटाई बाँकी व्याज तपाईले तिर्नुपर्छ।जस्तो राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर ६.३३ प्रतिशत मात्रै छ। यसमा २ जोड्दा ८.३३ हुन आउँछ। यो व्याजमा सरकारले ६ प्रतिशत तिरिदिने भएपछि तपाईलाई २.३३ मात्रै पर्न आउँछ। त्यसकारण सहुलियत दरको ऋण लिँदा आधार व्याजदरलाई भने ध्यान दिनु जरुरी छ।

यस्तो ऋण सिलाईबुनाई, पेन्टिङ सम्वन्धी कामहरु, राडी पाखी उनि तथा गलैंचा बनाउने उद्योग खोल्नका लागि त्यस्तै हस्तकला सम्वन्धी व्यवसाय गर्न, सुनचाँदी, तामा, पित्तलसम्वन्धीको कामका लागि ,तरकारी खेती , नगदेबाली , अन्नबाली उत्पादन खेतिको लागि पाइन्छ।

ऋण लिनको लागि सबैभन्दा पहिला फर्म वा कम्पनी दर्ता गरि आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्यान नं. लिनुपर्छ। त्यसपछि कम आधार भएको बैंक छानी उद्यमशिलता  कर्जा मागको आवेदन भर्नुपर्ने हुन्छ । उक्त फर्म भर्दा  व्यवसायको सम्पूर्ण विवरण र योजना चाहिन्छ। तपाईको र परिवारका सदस्यको नागरिकताको प्रमाणपत्र प्रतिलिपी पनि चाहिन्छ।

You can share this post!