जापान पठाउने काम सरकारी संयन्त्रमार्फत हुन सक्ने

१९ पुस, काठमाडौं ः पछिल्लो समयमा जापनले नेपालबाट श्रमिक लैजाने कुरो बजारमा आईरहेको छ । जापानले नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नामा ठगी सुरु भएको छ । जापनले श्रमिक लैजाने भने पनि कुन तरिका र कसरि लैजाने भनेर निश्चित भने भईसकेको छैन । तरपनि विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा सेन्टररुले आफैंले जापान पठाइदिने भन्दै विज्ञापनसम्म प्रकाशित गर्न भ्याइसकेका छन् ।
सरकारले भने कामदारहरुलाई जापान पठाउने नाममा देखाइने कुनै पनि किसिमका प्रलोभनमा नपर्न आग्रह गरेको छ । वैदेशिक रोजगार विभागले सूचना नै प्रकाशित गरेर त्यस्तो भ्रममा नपर्न सचेत गराएको छ ।
विभागले जापानसँग श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल भएर टुंगो लगाउन बाँकी रहेको छ । त्यसैले म्यानपावर कम्पनी, कन्सल्टेन्सी तथा व्यक्तिलाई पैसा तथा राहदानी नदिन अपील गरेको छ ।
अहिले हल्लाकै भरमा ठगहरुले जापानको नाममा पैसा उठाउन सुरु भएकोले सर्वसाधारण कनै पनि ब्यत्तिले प्रलोभनमा पर्नु हुदैन । जापान पठाउने काम सरकारी संयन्त्रमार्फत पारदर्शी रुपमा गरिने भएकाले कसैको आश्वासनका भरमा रकम नबुझाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

You can share this post!