रोजगारिको नाममा ठगी

पुस १९ , काठमाडौँ : नेपालभित्र बढेको बेरोजगारिले नेपालभित्रै विभिन्न किसिमका समस्या उत्पन्न हुदै छन । विभिन्न रोजगारी वा बैदेशिक रोजगारी को नाममा ठगि गर्ने क्रम बढ्दै गईरहेको छ ।

नेपालभित्रै विभिन्न किसिमका रोजगारको नाममा रहेका विभिन्न कम्पनिहरु जसले रोजार को नाममा वा रोजगारिुको लागि चाहिने आबश्यक तालिमको नाममा वा रोजगारीको अन्तवार्ताको लागि विभिन्न फर्म भराई कयौं ब्यत्तिहरुबाट ३० प्रतिशत देखि ४० प्रतिशत सम्म काममा लगाउनुभन्दा अगाडि नै पैसा असुल्ने गतिविधि धेरै नै बढ्दै गईरहेका छन् । यदि कुनै ब्यक्ति कुन्ै एजेन्टा मार्फत कुनै काममा गयो भने उक्त ब्यक्तिबाट एजेन्टाले आफ्नो ईच्छाअनुसार वा ३० देखि ५० प्रतिशत सम्म कमिशनको नाममा पैसा असुल्ने गरेको पाईन्छ ।

एजेन्टहरुले विदेश पठाउने नाममा पासर्पोट तथा पैसा लिएर होल्ड गरिदिने, सम्झौता भन्दा विपरितका कम्पनीमा काममा पठाउने जस्ता कार्य गरि बैदेशिक रोजगारिको नाममा समुहगत ठगि बढेको देखिन्छ । नेपालमै बसेर नेपालीले नै नेपालीलाई वा आफन्तले नै आफ्नोलाई ठग्ने गरेको थुप्रै पाईन्छ । यस्तै बैदेशिक रोजगारिको लागि सरकारले लागु गरेको निशुल्क टिकट र निशुल्क भिसा कार्यान्वयनमा थप समस्या भएको छ ।

नेपाल एउटा कृषि प्रधान देश वा जलविद्युतमा धनि देश भएपनि नेपालको बेरोजगारीको कारण नेपालका कयौं युवाहरु खाडिमुलुकतिर विदेशिने गर्छन । कयौं ब्यक्तिहरु रोजगारिको नाममा ठगिरहेका हुन्छन र पनि नेपाल सरकारबाट कुनै पहल भएको देखिदैन र पनि मौन छ अहिलेसम्म ।

You can share this post!