अब साढे ३ प्रतिशत व्याजमै ऋण

काठमाडौँ, १८ पुस ः नेपाल सरकारले कम्तीमा स्नातक तह उत्र्तिण गरी बेरोजगार भई बसेका युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गर्ने उद्देश्यले शिक्षित युवा स्वरोजगार कर्जा योजना ल्याएको छ ।
सामान्यतः ऋणको साढे ३ देखि ९ प्रतिशतसम्म ऋणको व्याज तिर्नुपर्ने गरि ७ लाख रुपैयाँसम्मको ऋण दिने व्यवस्था गरिएको छ । यस कर्जा योजनाबाट ऋण लिनेको ५ प्रतिशत व्याज सरकारले नै तिरिदिने व्यवस्था छ। आधार व्याजदरमा बैंकहरुले २ प्रतिशत जोडेर यस्तो व्याज लिन पाउँछन्। त्यसमा सरकारले ५ प्रतिशत छुट दिने ब्यबस्था गरेको छ।
लिएको ऋण को सही रुपमा सदुपयोग गर्नसक्यो भने त्यसले कुनै पनि ब्यक्तिलाई ठूलो उद्यमी बनाउन सहयोग गर्छ । जसको कारण नेपाली युवाहरु बेरोजगार भएर बस्नुनपर्ने हुन्छ । ऋणका लागि चाहिने धितो शैक्षिक प्रमाणपत्र र आफूले गर्ने व्यवसाय नै धितो रहन्छ।
कम आधार व्याजदर भएको बैंक छानेर सो बैंकको जुनसुकै शाखामा गई शिक्षित युवा स्वरोजगार कर्जाको फारम भर्न सकिन्छ । ऋण लिनको लागि तोकिएबमोजिम आबश्यक प्रमाणपत्रहरु पेश गर्नुपर्ने हुन्छ ।
स्नातक तहको शैक्षिक प्रमाणपत्रको सक्कल
आपनो र आपनो परिवारका सदस्यको नागरिकताको प्रमाणपत्र प्रतिलिपी
घरेलु तथा साना उद्योग कार्यालय वा सिप विकास तालिम केन्द्रबाट तालिम लिएको प्रमाणपत्र

You can share this post!