आज पाँचओटा कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ, १७ पुस ः नेपाल स्टक एक्सचेञ्जमा आज पाँचओटा कम्पनी सिटिजन्स बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको छ । ती कम्पनीले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट शेयर एवं नगद लाभांश वितरण गर्ने स्म्झौतासंगै मूल्यसमेत समायोजन गरेका हुन् ।
सिटिजन्स बैंकले ३।६ प्रतिशत शेयर लाभांश वितरण गरेसँगै प्रतिकित्ता रु २१० मा मूल्य समायोजन गरेको हो भने सो बैंकको औसत आधारमूल्य रु ३०२ रहेको छ ।

साङ्ग्रिला डेभलपमेन्ट बैंक पनि प्रतिकित्ता रु १४३ हुने गरी मूल्य समायोजन गरेको छ भने सो बैंकको औसत शेयर मूल्य रु १८६ रहेको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पनि प्रतिकित्ता रु १२० हुने गरी मूल्य समायोजन गरेको छ भने बैंकको औसत आधार मूल्य रु १७४ रहेको छ ।

यस्तै समीट माइक्रोफाइनान्स कम्पनीले प्रतिकित्ता रु ७३९ मूल्यमा मूल्य समायोजन गरेको छ भने कम्पनीको औसत आधारमूल्य रु एक हजार १५७ रहेको छ ।

यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले पनि प्रतिकित्ता रु १५४ मा मूल्य समायोजन गरेको छ भने सो कम्पनीको औसत आधारमूल्य रु १२७ रहेको छ ।

You can share this post!