शेयर कारोबार ओरालोमा

काठमाडौँ , १६ पुस :नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार आज पनि क्रमश घट्दै गएको छ । आज नेप्से परिसूचक १७ दशमलव २६ विन्दुले घटेर एक हजार १८७ दशमलव २८ विन्दुमा पुगेको छ ।


आज कूल १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर रु ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भएका छन । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८४ विन्दुले घटेर २५२ दशमलव १७ विन्दुमा कायम भएको छ । स्टकका अनुसार आज कारोवार भएका कूल दश उपसमूहमध्ये तीन उपसमूहको शेयर वृद्धि भएको छ । बढेको शेयर बजारमा जलविद्युत् ६ दशमलव ९५, वित्त एक दशमलव ३९ र उत्पादन सात दशमलव १३ विन्दुले बढेको छ । उक्त कारोबार आईतबारको तुलनामा घटेको छ ।


यस्तै बैंकिङ १४ दशमलव ९४, होटल १९ दशमलव २७, विकास बैंक १३, निर्जीवन बीमा १६० दशमलव २३, अन्य १० दशमलव ४८, लघुवित्त २३ दशमलव ५८, जीवन बीमा १५३ विन्दुले घटेको छ । घटेको बजारमा जेबिल्स फाइनान्स कम्पनी, साङ्ग्रिला डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, अरुण कावेली पावर कम्पनीका शेयरधनीले आज कमाएका छन् । यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, पूर्णिमा विकास बैंक, हिमालयन बैंक, जनता बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले बढी गुमाएका छन् ।

You can share this post!