अनलाईन कारोबार पुर्ण रुपमा अझै लागु हुन सकेन


काठमाडौँ, १६ पुस ः नेप्सेले पूर्ण कार्यान्वयन गर्न खोजेको अनलाइन कारोबार प्रणालीप्रति अधिकांश लगानीकर्ता र तिनको नेतृत्व गर्ने नेता समेत विश्वस्त हुन नसकेका पाइएको छ ।
केहि लगानि गर्ने लगानिकर्ताहरुले अनलाईन कारोबारमा अझै पनि लगईन आईडि लिईसकेपछि पनि कारोबारमा समस्या आएको जनाएका छन ।

नेप्सेले पुन यही पुस १७ गते मंगलबारदेखि बैंक इन्टीग्रेसनसहितको पूर्ण स्वचालित अनलाइन सेयर ट्रेडिङ्गको व्यवस्था ल्याउन लागेको छ । यसका लागि नेप्सेले आफ्नो तर्फबाट सबै तयारी पूरा गरिसकिएको दाबी गरे पनि लगानीकर्ताको विश्वास भने जित्न नसकेको पाइएको छ ।

You can share this post!