तमु ल्होसारको चहलपहल

काठमाडौँ, १५ पुस :गुरुङ जातिले मनाउदै आईरहेको महान चाड तमु ल्होसार पुस महिनाको १५ गते या आज मनाईने गरिन्छ ।

यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । खासगरि ल्होसार लाई नयाँ वर्षको रुपमा मनाईने गरिन्छ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ुनयाँ वर्ष आयोु भन्दै नयाँ वर्षको स्वागत गरिन्छ ।

तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । मध्याह्न १२ बजे टुँडिखेलमा विशेष कार्यक्रम सुरु हुनु अगाडि बसन्तपुर क्षेत्रबाट झाँकीसहित र्याली निकालिने समाजले जनाएको छ ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ । त्यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको विश्वास छ ।कुनै कुनै ठांउमा यसलाई पुस १५ को रुपमा मनाईने गरिन्छ ।

You can share this post!