राष्ट्रिय वा प्रादेशिकमा प्राथमिकता

नेपाल राष्ट्रबैंकले एक जिल्ले, ३ जिल्ले र १० जिल्ले बैंक तथा वित्तीय संस्थाको व्यवस्था खारेज गरेको छ । अब यसको साटो राष्टिय र प्रादेशिक स्तरका बैंक तथा बित्तीय संस्था मात्र अस्तित्वमा रहनेछन् । 
केन्द्रीय बैंकले ‘ख’ र ‘ग’ वर्गका बित्तीय संस्थाहरुले प्रादेशिक बैंक वा वित्तीय संस्था बन्न पाउने निर्देशन जारी गर्दै त्यसका लागि आवश्यक न्यूनतम चुक्तापूँजी समेत तोकेको छ ।
कुनै ‘ख’ वर्गका बित्तीय संस्था(विकास बैंक)ले प्रादेशिक स्तरको बैंक हुन चाहेमा चुक्तापूँजी १ अर्ब २० करोड कायम गर्नुपर्नेछ । ‘ख’ वर्गका राष्टिय स्तरको वित्तीय संस्थाको चुक्तापूँजी २ अर्ब ५० करोड छ । 
यस्तै, ‘ग’ वर्गका वित्तीय संस्था(बित्त कम्पनी)हरुले प्रादेशिक स्तरको वित्तीय संस्थाको रुपमा काम गर्न चाहेमा चुक्तापूँजी ५० करोड न्यूनतम पुर्याउनुपर्ने र ग वर्गमा रही राष्ट्रिय स्तरको वित्त कम्पनीको रुपमा काम गर्न चाहने संस्थाको चुक्तापूँजी न्यूनतम ८० करोड रुपैयाँ हुनुपर्नेर्छ ।

You can share this post!