जलवायु परिवर्तनको प्रभाब

१३ पुस : जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महीनामै फुल्न थालेको छ । लालीगुराँस फुल्ने समय फागुन र चैत महीना हो ।

प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न फुल हो। समुन्द्री सतहबाट एक हजार ३०० मिटरदेखि तीन हजार तीन हजार २०० मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महीना भए तापनि मङ्सिर, पुसमै फाटफुट देखिन थालेको छ ।

पृथ्वीको औसत तापक्रम बढ्दै गएपछि फागुन चैतमा फुल्ने लालीगुराँसका फूल मङ्सिररपुसमै देख्न सकिने जलवायु विज्ञको भनाइ छ । जलवायुजन्य प्रकोपका हिसाबले नेपाल विश्वको चौथो सङ्कटासन्न राष्ट्र हो । जलवायुजन्य परिवर्तनका असरलाई न्यूनीकरण गर्न नेपाल सरकारले कालापत्थर, सगमाथा सम्मेलन सम्पन्न गरिसकेको छ ।

You can share this post!