दोलखामा निशुल्क स्वास्थ्य शिविर (बृहत मेगाा हेल्थ क्याम्प) सम्पन्न

पुस ४, काठमाण्डौ : लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध, लियो क्लब अफ काठमाडौँ लर्ड बुद्ध, सहिद गंगालाल अस्पताल, भिजन पोलिक्लिनिक र भरोसा अस्पतालको संयुक्त आयोजनामा गरिएको निस्शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार मंसिर २९ गते दोलखाको सांस्कृतिक मा वि मा सञ्चालनमा रहेको बृहत मेगा हेल्थ क्याम्पमा लायन्स क्लब अफ लर्ड बुद्धका सदस्य हिमाल श्रेष्टको संयोजकमा आयोजना गरिएको उक्त शिविरमा लगभग सात सय  बिरामीहरुलाई इसियो, इसिजी, रगत परिक्षण लगायत निस्शुल्क औंषधि वितरण गरिएको थियो।

उक्त शिविरमा उपस्थितिमध्ये सबैभन्दा धेरै महिलाहरु रहेका थिए । जसमा महिलाहरुको पाठेघरमा समस्या देखिएका थिए । चारजना महिलाहरुको माठेघर क्यान्सर भएको लक्षण देखिएपछि ती महिलाहरुलाई काठमाडौंको गंगालाल अस्पतालमा ल्याई निस्शुल्क परिक्षण गर्ने गंगालाल अस्पतालले सम्झौंता गरिएको छ ।

त्यस्तैगरी उक्त शिविरमा ७ वर्षकी एक बालिकाको मुटुको समस्या देखिएको थियो । नियमित औंषधि सेवन गर्न पर्ने परेको कारणले गर्दा ती बालिकालाई भिजन पोलिक्लिनिकले नियतिम औंषधि उपलब्ध गराउने समेत सम्झौंता गरेको छ ।

सो निस्शुल्क स्वास्थ्य शिविर कार्यक्रममा सहिद गंगालाल अस्पतालवाट डा। संजय केसी, डा। विनिता केसी, वरिष्ठ मुटु विशेषज्ञ सहित १५ जना डाक्टरहरु उपस्थिति थिय भने भिजन पोलिक्लिनिक बाट डाक्टर रविना पाठक, डा ।महेश र भरोशा अस्पतालवाट दुईजना डाक्टरहरु उपस्थिति भएका थिय।

केहि समय अघिदेखि नै लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्ध ले नेपालका विभिन्न ग्रामिण क्षेत्रहरुमा विभिन्न किसिमका सहयोग सहित विभिन्न किसिमका स्वास्थ्य सेवामा सङलग्न रहि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आईरहेको छ । बिकट क्षेत्रमा गई विभिन्न रोगवाट ग्रसित विरामीहरुलाई निस्शुल्क स्वास्थ्य परिक्षण र औंषधि वितरण गरेकोले स्थिानियहरु धेरै नै  खुसी थिय । त्यसका केहि झलकहरु

 

You can share this post!