शेयर बजारमा सुधार

काठमाडौँ, २ पुस : नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर एक हजार १८२ दशमलव ७८ बिन्दुमा पुगेर आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा नेप्से परिसूचक एक दशमलव तीन शून्य बिन्दुले बढेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ बिन्दुले बढेर २५१ दशमलव ६३ बिन्दुमा पुगेको छ ।

। स्टककाअनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । व्यापार तीन दशमलव शून्य चार बिन्दुले घटेको छ । बैंकिङ नौ दशमलव १५, होटल शून्य दशमलव सात एक, विकास बैंक आठ दशमलव पाँच, जलविद्युत् पाँच दशमलव तीन सात, वित्त शून्य दशमलव पाँच दुई, निर्जीवन बीमा २२० दशमलव पाँच एक, उत्पादन २३ दशमलव २१, अन्य एक दशमलव चार चार, लघुवित्त ४० दशमलव दुई एक तथा जीवन बीमा १९५ दशमलव नौ बिन्दुले बढेको छ ।
कूल १५९ कम्पनीको १२ लाख ६० हजार ५१८ कित्ता शेयर रु ४२ करोड तीन लाख ५३ हजार ५१५ मूल्यमा खरीद बिक्री भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।

स्टककाअनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पूूर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । यस्तै कालिका पावर कम्पनी, ग्लोबल आइएमई समुन्नति स्किम एक, स्वदेशी लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले गुमाएका छन् ।

You can share this post!