लगानीयोग्य रकमको अभाव

पुस १ काठमाडौँ : लगानीयोग्य रकमको अभावले बैंकहरुको ऋण प्रवाह घट्ेको छ । कात्तिक महिनामा ३७ अर्ब ऋण प्रवाह गरेका बैंकहरुले मंसिरको २१ गतेसम्म थप २० अर्ब मात्रै दिएका छन्।कात्तिक मसान्तदेखि मंसिर तेस्रो सातासम्म बैंकहरुले संकलित निक्षेपभन्दा आधा रकम मात्रै कर्जा प्रवाह गरेका हुन्। सो अवधिमा कुल ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। जवकि २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। कात्तिक महिनामा ४२ अर्ब निक्षेप थपिँदा बैंकहरुले ३७ अर्ब कर्जा प्रवाह गरेका थिए । कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल २५ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा मंसिर २१ गतेसम्म यो बढेर २६ खर्ब ७ अर्ब पुगेको छ। कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुबाट कुल २२ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा मंसिर २१ गतेसम्म बढेर २३ खर्ब ३ अर्ब पुगेको छ। मंसिर १६ गते स्थानीय तहको खातामा रहेको ३९ अर्ब रुपैयाँ निक्षेपका रुपमा जम्मा भएसँगै निक्षेपमा उच्च वृद्धि देखिएको छ।

You can share this post!