समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही

काठमाडौँ, २६ मङ्सिर : राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले गत आर्थिक वर्ष ५२ जिल्लाका एक हजार १४० कार्यालय अनुगमन गर्दा करीब दुई हजार ३४० जना कर्मचारीलाई समय पालना नगरेका र पोशाक नलगाउने कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको थियो भने साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमनले ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक नलाउने १६२ गरी ५३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको छ ।

यस्तै केन्द्रमा अझै २३७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । मुख्यमन्त्री कार्यालयबाट कात्तिक मसान्तसम्म केन्द्र स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण आउनुपर्नेमा नआएको केन्द्रका प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । स्थानीय तहले पहिलो पटक सम्पत्ति विवरण बुझाउँदैछन् । स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरण जिल्ला समन्वय समितिमार्फत मुख्यमन्त्रीमा जाने र मुख्यमन्त्रीबाट केन्द्रमा जाने गर्दछ ।

You can share this post!