जोशी हाइड्रोको आइपीओ मंगलबार बिहान

काठ्माण्डौ , २४ मंसिर : जोशी हाइड्रोपावरको   आइपीओ मंगलबार बिहान बाँडफाँड हुने भएको छ । जोशी हाइड्रोपावर कम्पनीको वित्तीय अवस्था त्यति राम्रो नभएपनि अन्तिम दिनसम्म यो कम्पनीको आइपीओमा ८३ हजार ७ सय ७० आवेदकले ५९ लाख कित्ता खरीदका लागि  आवेदन दिएका छन् ।

१०० रुपैयाँ दरका १६ लाख ९० हजार ४ सय ७० कित्ता आइपीओ निश्कासन गरेको  कम्पनीले सबै लगानीकर्ताले १० कित्ताको दरले सेयर पाउने जनाएको छ ।कुल कित्तामध्ये १५ लाख ५५ हजार २ सय ३३ कित्ता सर्वसाधारणका लागि छुट्टयाइएको छ ।

You can share this post!